महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ ।
प्रदेश नं. २ मा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । यो समाचार तयार पार्दासम्म एक सय ३६ तहमध्ये १२६ तहको परिणाम आइसकेको छ ।
दुई दिनदेखि अवरुद्ध सप्तरीको राजविराज नगरपालिकाको मतगणना आज(आइतबार) अपराह्नदेखि पुनः शुरु भएको छ । निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । शुक्रबार निर्वाचन कार्यालयले राजविराज नगरपालिका– १ को मत परिणाम सार्वजनिक गरेका बेला मत परिणाम कम भएको जनाउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिले विरोध गरेपछि सूचना टाँस गरी […]
ऐतिहासिक, धार्मिक र पौराणिक नगर जनकपुरको जनकपुर उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार १० हजार बढी मतले विजयी भएका छन ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचन भएका जिल्लामध्ये सर्वाधिक चासोपूर्वक हेरिएको सिरहा जिल्लाको सबै मतपरिणाम प्राप्त हुँदा एकीकृत माओवादी केन्द्र पहिलो दल बनेको छ ।
असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।
महोत्तरी जिल्लाका थप दुई स्थानमा राजपा नेपालले विजयी हासिल गरेको छ ।
सप्तरीको बलान विहुल गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा विक्रम यादव र उपाध्यक्षमा बसोधा देवी विजयी भएका हुन् । त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरसहित अधिकांश वडामा जित हात पारेको छ ।
लहान नगरपालिकाका मेयरमा एमालेका मुन्नी साह र उपमेयरमा सरियार चौधरीले विजयी भएका छन् । मधेस आन्दोलनको उदगम स्थल सिरहाको लहान नगरपालिकामा एमाले फराकिलो अन्तरले विजयी भएको हो ।
मिथिला नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी हुनुभएको छ । नगर प्रमुखमा एमालेका हरिनारायण महतो विजयी हुनुभएको छ । उहाँले छ हजार ७४० र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले पाँच हजार १७८ मत ल्याउनुभएको छ । त्यसैगरी उपप्रमुखमा एमालेकै ताराकुमारी बस्नेत विजयी हुनुभएको छ । उहाँले छ हजार ६६५ र उहाँका निकटम […]
सिम्रौनगढ नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका विजयशंकर यादवले जित हात पार्नुभएको छ । यादवले पाँच हजार १३५ र निकटतम प्रतिद्वन्द्वी राजपाका किशोरी साह जयसवालले पाँच हजार ११५ मत ल्याउनुभएको छ । साहलाई का“ग्रेसले टिकट नदिएपछि पार्टी परिवर्तन गरी राजपाबाट उठ्नुभएको थियो । यसैगरी उपप्रमुखमा राजपाकी मीरा देवीले काँग्रेसकी रीताकुमारी देवीलाई उछिन्दै पाँच हजार ५१४ मतसहित जित हात पार्नुभएको छ […]
सिरहा धनगढीमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रविजयी भएका छन् ।
प्रदेश नं. २ को धनुषाधाम र पर्सागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेससका उम्मेदवार विजयी भएका छन् ।
परवानीपुर गाउँपालिकाको अध्यक्ष एंव उपाध्यक्ष पदमा राजपाका उम्मेदवार विजयी भएका छन् ।