सिरहा धनगढीमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रविजयी भएका छन् ।
हरिनारायण चौधरीले पाँच हजार ६८३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पञ्चलाल महतोले चार हजार ३०७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।
यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै फूलकुमारी श्रेष्ठले पाँच हजार ६१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै बिमलादेवी साह सोनारले चार हजार १०२ मत प्राप्त गर्नुभयो ।
त्यसै सिरहा सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् ।
केदारनाथ यादवले तीन हजार १५५ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामनारायण यादवले दुई हजार २६७ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा एमालेकै अमलादेवी यादवले दुई हजार ९३७ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी शोभाकुमारी यादवले दुई हजार ३२८ मत प्राप्त गर्नुभयो ।
यो सँगै एमालेले अहिलेसम्म सिरहाको दुई स्थानीय तहमा विजयी भएको छ ।
नेकपा माओवादी केन्द्रले अहिलेसम्म सिरहाको पाँच स्थानीय तहमा विजयी भएको छ ।
त्यसै गरी महोत्तरी रामगोपालपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् ।
अशोक मण्डलले दुई हजार ९४४ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजाराम यादवले दुई हजार ७५९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दिनानाथ अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका सीतादेवी साहले दुई हजार ८९१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी पुष्पादेवी महतोले दुई हजार ८५६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो ।