सिराहामा माओवादी पहिलो, कांग्रेस चौथो, राजपा शून्य

Date:September 24, 2017

प्रचण्ड

स्थानीय तहको तेस्रो चरणको निर्वाचन भएका जिल्लामध्ये सर्वाधिक चासोपूर्वक हेरिएको सिरहा जिल्लाको सबै मतपरिणाम प्राप्त हुँदा एकीकृत माओवादी केन्द्र पहिलो दल बनेको छ ।

सो पार्टीका अध्यक्ष प्रचण्डले संविधानसभा निर्वाचनमा विजयी हासिल गरेको सिराहा १७ वटा स्थानीय तहमध्ये माओवादीले छ स्थानीय तह जितेको छ । माओवादीले कर्जन्हा, गोलबजार, मिर्चैया र धनगढीमाई नगरपालिका जित हासिल गरेको छ । त्यस्तै अर्नमा र औरही गाउँपालिकामा पनि माओवादी जितेको छ ।

जिल्लाको दोस्रो ठूलो दल संघीय समाजवादी फोरम बनेको छ । फोरमले जिल्ला सदरमुकाम सिरहाको मेयर सहित ५ स्थानीय तह जितेको छ । फोरमले बरियारपटी, लक्ष्मीपुर पतारी,बिष्णुपुर र भगवानपुर गाउँपालिका समेत जितेको छ ।

देशकै ठूलो लहान नगरपालिका सहित ४ स्थानीय तहमा मेयर उपमेयर दुवै र सिरहा नगरपालिकामा उपमेयर जितेर एमाले तेस्रो बनेको छ । एमालेले लहान र सुखीपुर नगरपालिका तथा नरहा र सखुवानान्चारकट्टी गाउँपालिका जितेको छ ।

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, प्रभावशाली नेताहरु प्रदीप गिरी, पद्मनारायण चौधरी जस्ता प्रभावशाली नेता भए पनि सिरहामा कांग्रेस कमजोर देखिएको छ ।

कांग्रेसले कल्याणपुर नगरपालिका र नवराजपुर गाउँपालिका जितेको छ । सीतादेवी यादवका छोरा डा।शुभास यादव सिरहा नगरपालिकाको मेयरमा तेस्रो स्थानमा रहेर पराजित भएका छन् ।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादवले जिल्लामा आफ्नो कुनै प्रभाव देखाउन सकेनन् । सिरहा जिल्ला राजपामुक्त भएको छ । राजकिशोरकै गाउँपालिका कल्याणपुरमा कांग्रेसले जितेको छ ।


Loading...

Facebook