निजगढ नगरपालिकामा नेपाली काँग्रेसका सुरेशकुमार खनाल सात हजार ६४८ प्राप्त गरी विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी नेकपा(एमाले)का यमबहादुर खड्का छ हजार ८१८ मत प्राप्त गरेका छन् ।
पतरौता नगरपालिकामा संघीय समाजवादी फोरम नेपालको जित भएको छ ।
गत असोज २ मा भएको स्थानिय तहको तेस्रो चरणको निर्वाचनको मतगणना जारी छ । यस्तोमा शुक्रवार विहान साढे ११ बजेसम्म ५१ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजय भएका छन् । दुवै पदमा काँग्रेसले दुई हजारभन्दा बढी मतको फराकिलो अन्तरले जित हासिल गरेको छ ।
दोस्रो संविधानसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको सिरहा क्षेत्र नं ५ मा पर्ने मिर्चैया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् ।
तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
महोत्तरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र एवं नगरोन्मुख क्षेत्रका रुपमा परिचित रहेको गौशाला नगरपालिकाका प्रमुख पदहरु नेकपा (माओवादी केन्द्र) को भागमा परेका छन् ।
तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नं २ को आठ जिल्लाका १३५ स्थानीय तहमध्ये अहिलेसम्म २४ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
सप्तरीमा जारी पछिल्लो मतगणना परिणामानुसार बेल्ही चपेना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
कालिकामाई गाउँपालिकाका अध्यक्षमा नेपाली जनता दलका नथुनीप्रसाद कुशवाहा विजयी हुनुभएको छ ।
विष्णुपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी
सत्र वटा स्थानीय तहसहित ५७८ वडाको मतपरिणाम सार्वजनिक
स्थानीय तहको निर्वाचनअन्तर्गत रौतहटको मौलापुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रिनाकुमारी साह विजयी भएकी छन् ।
स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले जलेश्वर नगरपालिका–१० मा विजयी भएको छ ।