नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी भएका छन्।
मकवानपुर जिल्लाको क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वचनमा नेकपा (एमाले)का उम्मेदवार कृष्णप्रसाद दाहालले ४० हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका कमल थापाले ३४ हजार ६५८ मत प्राप्त गर्नुभएको थियो । यसैगरी मकवानपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले)का विरोध खतिवडा ४६ हजार ४८१ मत […]
प्रतिनिधिसभा इलाम क्षेत्र नं १ मा नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८०७ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत प्राप्त गर्नुभयो ।
काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल विजयी भएका छन् ।
डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ ।
\
नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नं. २ बाट विजयी हुनुभएको छ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ७ हजार १७४ मतान्तरले पराजित गरेका हुन् । भट्टराईले ३१ हजार १०७ र श्रेष्ठले २४ हजार ९३३ मत पाएका छन् । प्रतिनिधिसभा सदस्यमा नयाँशक्ति नेपालको यो पहिलो जित हो । गोरखा […]
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो निर्वाचित भएका छन् ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व सभासद रविन्द्र अधिकारीले विजयको ह्याट्रिक गर्नुभएको छ । हालै सार्वजनिक नतिजा अनुसार अधिकारी कास्की क्षेत्र नं. २ मा विजयी हुनुभएको हो ।
मोरङ क्षेत्र नं. ५ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा विनाविभागीय मन्त्री शिवकुमार मण्डल विजयी भएका छन् । मण्डलले कांग्रेस र संघीय समाजवादी फोरम नेपालका उम्मेदवारहरुलाई पछि पार्दै विजयी भएका हुन् ।
जाजरकोटमा पनि वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा जित हात पार्दै वाम गठबन्धनले क्लिन स्वीप गरेको हो ।
मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित भएका छन् । उनले मोरंगबाट कांग्रेसको क्लीनस्वीप बचाएका छन्। भर्खरै सम्पन्न मतगणनाबाट १८ सय मत अन्तरसहित रिजाल विजयी भएका हुन् ।
प्रतिनिधिसभा सदस्यको नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ मा नेपाली काँग्रेसका उम्मेदवार डा शशांक कोइराला ६ हजार ७५८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।
पाँचथरमा प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका बसन्त कुमार नेम्वाङ भारी मतका साथ विजयी भएका छन् । नेम्वाङले ३८ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् ।
दोलखा प्रतिनिधि सभामा वाम गठबन्धनका तर्फबाट पार्वत गुरुङ विजयी भएका छन् । गुरुङ ५५ हजार ९५४ मत ल्याएर बिजयी भएका हुन् । गुरुङ अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।