मिथिला नगरपालिकामा एमाले विजयी

Date:September 23, 2017

मिथिला नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी हुनुभएको छ ।

नगर प्रमुखमा एमालेका हरिनारायण महतो विजयी हुनुभएको छ । उहाँले छ हजार ७४० र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले पाँच हजार १७८ मत ल्याउनुभएको छ ।

त्यसैगरी उपप्रमुखमा एमालेकै ताराकुमारी बस्नेत विजयी हुनुभएको छ । उहाँले छ हजार ६६५ र उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का मीनबहादुर जर्घा मगरले छ हजार ३३८ मत ल्याउनुभएको छ ।

एमाले केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको चुनावी योजना प्रस्तुत


Loading...

Facebook