ताजा गतिबिधी
  • कास्कीमा वाम गठबन्धनको ठूलो अग्रता
    December 9, 2017

    कास्की क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारीले १२ हजार ८४६ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेपाली काँग्रेसका देवराज चालिसेले आठ हजार ९४३ मतसहित पछ्याईरहनुभएको छ ।

  • धादिङमा वाम गठबन्धनको क्लिनस्वीप
    December 9, 2017

    धादिङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सिटमा वाम गठबन्धनले विजय हासिल गर्दै क्लिनस्वीप गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठी भारी मतान्तरले विजयी भएका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याएका छन् ।

  • बझाङमा वाम गठबन्धन विजयी
    December 8, 2017

    प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा वाम गठबन्धन विजयी भएको छ ।

  • विवाद भएपछि गोरखा-२ को मतगणना स्थगित
    December 8, 2017

    गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ । मुचोकको चतुरमाला माध्यामिक विद्यालयको केन्द्रमा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित भएको हो ।

  • हुम्ला प्रदेशसभा ‘ख’ मा कांग्रेसका जीवन शाही विजयी
    December 8, 2017

    हुम्ला प्रदेशसभा (ख) मा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जीवनबहादुर शाही विजयी हुनुभएको छ ।

  • मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन
    December 8, 2017

    डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ ।

  • तेस्रो चरणको निर्वाचनको सबै मत परिणाम सार्वजनिक
    September 28, 2017

    तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहको प्रमुख, अध्यक्ष पदमा नेपाली काँग्रेस ४०, नेकपा (एमाले) १८, नेकपा (माओवादी केन्द्र) २१, (राजपा) राष्ट्रिय जनता पार्टी २५, संघीय […]

  • राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपा
    September 28, 2017

    सप्तरीको राजविराज नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल विजय भएको छ ।

  • कलैयामा काँग्रेस विजयी
    September 27, 2017

    यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी हुनुभएको छ ।

  • १३३ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक
    September 27, 2017

    यही असोज २ गते सम्पन्न भएका प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये मंगलबार अपराह्न ४ बजेसम्म १३३ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।

  • बारागढी गापा अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा संघीय फोरम
    September 26, 2017

    बारागढी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ । काँग्रेसका देवदत्त बछाडले दुई हजार ६१८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशोक जैसवालले दुई हजार ५५५ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी रायले दुई हजार […]

  • गरुडा नगरपालिकामा फोरम र काँग्रेस
    September 25, 2017

    गरुडा नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरमका इन्दुराय यादव र उपप्रमुख पदमा नेपाली काँग्रेसकी रंगिला देवी निर्वाचित हुनुभएको छ ।

  • कोल्हवी नपामा प्रमुखमा एमालेका भण्डारी, उपप्रमुखमा सुनैना विजयी
    September 25, 2017

    कोल्हवी नगरपालिकामा नेकपा(एमाले)ले प्रमुख र उपप्रमुखमा विजयी भएका छन् ।

  • एक सय तीस स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक
    September 25, 2017

    असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३० स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।

  • कञ्चनरुप नगरपालिकामा एमाले विजयी
    September 25, 2017

    कञ्चनरुप नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

Facebook