नेपाली काँग्रेसले कञ्चनरुप नगरपालिका वडा नं १ र २ मा जित दर्ता गरेको छ ।
पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
राजविराज नगरपालिका–१५ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट वडाध्यक्षमा जशकरण मण्डलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
प्रदेश नं दुईको एक मात्र महानगरपालिका विरगञ्जको मध्यान्ह १२:३० बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार प्रमुखमा राष्ट्रिय जनता पार्टी (राजपा)ले अग्रता लिएको छ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ ।
प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको वडामा राजपा नेपालको प्यानल नै विजयी भएको छ।
प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको अहिले राजविराज नगरपालिकाबाहेक १३३ वटा स्थानीय तहमा २९८ टोलीबाट मतगणना भइरहेको छ ।
प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
सिराहाको लहान नगरपालिका वडा नं.३ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार विजयी भएपछि निकटतम प्रतिद्वन्द्वी रहेको संघीय समाजवादी फोरमलृ पुनः मतगणनाको माग गरेपछि मतगणना स्थगित भएको छ ।
सप्तरीको मतगणनास्थलमा सुरक्षा व्यवस्था सुदृढ गराउन तालीमप्राप्त कुकुर परिचालन गरिएको छ ।
प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा मतगणना शुरु भएको छ ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा यही असोज २ गते भएको निर्वाचनको हालसम्म प्राप्त विवरणानुसार ११९ स्थानीय तहमा मतगणना जारी छ ।
सिरहामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपाल एक–एक वडामा विजयी भएका छन् ।
सोमबार सम्पन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लामा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।