ताजा गतिबिधी
  • उम्मेदवार शाहको घरमा बम विस्फोटन
    September 8, 2017

    तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ ।

  • २८ हजार २९८ जनाले उम्मेदवारी मनोनयन दर्ता : निर्वाचन आयोग
    September 7, 2017

    स्थानीय तहको तेस्रो चरणको आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि हालसम्म २८ हजार २९८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

  • हालसम्म २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता – निर्वाचन आयोग
    September 7, 2017

    प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा आज बिहान ९ः३० बजेसम्म प्राप्त विवरणमा २६ हजार ६५२ उम्मेदवारी दर्ता भएको सूचना प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

  • सौहार्दपूर्ण वातावरणमा मनोनयन दर्ता
    September 7, 2017

    प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि  पर्सामा सौहार्दपूर्ण वातावरणमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

  • उत्साहपूर्वक मनोनयन दर्ता
    September 7, 2017

    रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवारी दर्ता भएकोे छ । विभिन्न नगरपालिका तथा गाँउपालिकामा मुख्य दलका उम्मेदवारहरुले मनोनयन दर्ताको गरेका छन् ।

  • महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता : पत्रकार पनि चुनावमा
    September 7, 2017

    स्थाीनय तहको निर्वाचनका लागि प्रदेश नं २ को महोत्तरी जिल्लामा गएराति ११ बजेसम्म उम्मेदवारी दर्ता भएको छ ।

  • १८ हजार भन्दा बढीले उम्मेदवारी दर्ता गरे
    September 6, 2017

    आगामी असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा बुधबार भएको उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । २१ गते बिहान १० बजेदेखि साँझ ५ […]

  • प्रदेश र संसद्को निर्वाचनमा एमाले पहिलो बन्छ : नेता पाण्डे
    September 6, 2017

    नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले स्थानीय तहको तेस्रोचरणको निर्वाचनका साथै प्रदेश र संसद्को निर्वाचनमा आफ्नो दल पहिलो पार्टी हुने दाबी गर्नुभएको छ ।

  • प्रदेश दुईमा पहिलो हुने पाँच दलको दावी, पहिलो हुने चाहिं को ?
    September 6, 2017

    स्थानीय तहको दुई चरणको निर्वाचनमा नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेको यो अग्रता तोडेर पहिलो पार्टी बन्ने ध्याउन्नमा नेपाली कांग्रेस छ । ऊ दोस्रो स्थानमा छ । माओवादीसंग मिलेर ऊ सबैभन्दा पहिलो भन्ने दाउमा छ ।

  • उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहपूर्ण
    September 6, 2017

    स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्णरुपमा भइरहेको छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार ती जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र […]

  • उम्मेदवारी विवादमा कांग्रेस कार्यकर्ताबीच पार्टी कार्यालयमै झडप,सभासद सहित १० घाइते
    September 6, 2017

    सिराह नगरपालिकाबाट मेयर पदका लागि आपसमा विवाद गरिरहेका सुवासचन्द्र यादव र उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान हुँदा १० जना घाइते भएका छन्। उम्मेदवारको विषयमा दुई नेताबीचको विवाद बढ्दै जाँदा नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा खुकुरी हानाहान भएको हो । जसमा सभासद  रामचन्द्र यादव पनि घाइते भएका छन् ।

  • प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सुरु
    September 6, 2017

    असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि  आज उम्मेदवार मनोनयन हुँदैछ। प्रदेश नम्बर २ का ८ जिल्लामा आज मनोनयन दर्ता हुनेछ। १३६ स्थानीय तहमा तेस्रो चरणमा  निर्वाचन हुँदैछ। बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता साँझ ५ बजेसम्म  हुनेछ। तेस्रो चरणको निर्वाचनबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि चयन हुँदैछन्। सम्वन्धित गाउँ तथा […]

  • स्थानीय तह निर्वाचन – भोट हाल्न व्यग्र प्रतिक्षामा धनुषावासी
    September 6, 2017

    “पहिले किन चुनाव रोकियो थाहा भएन, हामी भोट हाल्न त्यसबेलै तयार थियौँ ।” यसो भन्नुहुने नगराइन नगरपालिका–४, बजारटोल निवासी रामशंकर ठाकुरलाई राम्रैसँग स्थानीय तहको निर्वाचन लागेको छ ।

  • एकतीस स्थानीय तहमा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगायो
    September 6, 2017

    नेकपा(माओवादी केन्द्र)ले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट केही उम्मेदवारको नाम तय गरेको छ ।

  • एमालेले अधिकांश उम्मेदवारको नाम टुंग्यायो (सूचि सहित)
    September 6, 2017

    नेकपा एमालेले आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि ११० वटा स्थानीय तहको उम्मेदवारको नामावली सार्वजनिक गरको छ ।

Facebook