अशोज २ गते हुने प्रदेश २ को स्थानीय चुनावका लागि बसै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।
महोत्तरी जिल्लाका १५ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र २ नम्बर प्रदेशका पार्टी इन्चार्ज मातृकाप्रसाद यादवको सहभागितामा बसेको बैठकले महोत्तरीका सबै नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार टुंगो लगाएको हो।
विभिन्न राजनीतिक दलका नेताले स्थानीय तहको असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने जिकिर गरेका छन् ।
२ असोजमा हुने स्थानीय तहको निर्वाचनका कारण तराई अहिले मस्तसँग तातेको छ । यस्तोमा निर्वाचनमा भाग लिनका लागि रौतहटका शिक्षकहरुले धमाधम राजीनामा दिन लागेका छन्।
निकै रस्साकस्सी पश्चात् राष्ट्रिय जनता पार्टी नेपाल, महोत्तरीले आसन्न स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि प्रमुख तथा अध्यक्षका उम्मेदवारको टुंगो लगाउन सफल भएको छ ।
असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २३२ मतदानस्थल संवेदनशील रहेका छन् ।
आगामी तेस्रोचरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न÷गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ ।
तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गराउनुपर्ने आवश्यकतामाथि राजनीतिक दलका प्रतिनिधिहरुले जोड दिएका छन् ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले महोत्तरी जिल्लाको १० वटा सडकखण्डको मर्मत कार्य शुरु गरेको छ ।
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ ।
महोत्तरी जिल्लामा चुनावी चहलपहल ह्वात्तै बढेको छ । असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि गतिविधि तीव्र बनाएसँगै यहाँ चुनावी चहलपहल ह्वात्तै बढेको हो ।
नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलगायत सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ । नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तेस्रो चरणमा १३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो । प्रदेश नं २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ […]
निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले नेपाल सरकारले असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन गराउने मिति तोकेकाले आयोग सो दिन निर्वाचन गराउन सक्षम रहेको बताउनुभएको छ ।
निर्वाचन आयोगले आगामी असोज २ गते प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा सम्पन्न हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न भदौ १ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।