स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महोत्तरीबाट पाँचजना महिला प्रतिस्पर्धामा उत्रेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्ट पार्नुभएको छ ।
आसन्न तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा ठूला दलले सिरहाको स्थानीय तहको प्रमुख र उपप्रमुखमा दलित समुदायलाई उम्मेदवार बनाउन उदासीन देखिएका छन् ।
प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उसै त भदौरे घामले तातेको तराई यतिखेर निर्वाचनको माहोलले झनै तातेको अनुभव हुँदै गएको छ ।
नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन संघीयताका पक्षधर र संघीयताका विरोधीलाई पहिचान गर्ने अवसर भएको बताउनुभएको छ ।
प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राजनीतिक दलहरुले आचारसंहिता उल्लंघन गरी कार्यक्रम गर्न थालेका छन्। जसमा धनुषा निकै अघि देखिएको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत असोज २ गते निर्वाचन हुने आठै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ ।
आर्थिक नगरी वीरगञ्ज किन र कसरी जीर्ण, जर्जर बन्दै गइरहेको छ । एउटा सुन्दर र समुन्नत वीरगञ्जको कल्पना गर्ने पछिल्लो पुस्तामात्र होइन यसको आर्थिक महत्व बुझेको अघिल्लो पुस्ता पनि वीरगञ्जको खस्कँदो स्थितिप्रति के गर्न सक्छ । वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवारसँग आर्थिक नगरी वीरगञ्जको समग्र विकासप्रति कस्ता दूरदृष्टि (भिजन) छन् । त्यो मतदाताको यक्ष प्रश्न रहेको छ ।
स्थानीय तहको तेस्रो चरणमा आगामी असोज २ गते हुने प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा उम्मदवारी दिने उम्मेदवारलाई शान्तिपूर्ण र व्यवस्थित ढंगबाट चुनाव चिह्न प्रदान गरिएको छ ।
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि प्रतिनिधि खटाएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लंघन र निषेधको राजनीति गर्नेविरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने बताउनुभएको छ ।
प्रदेश नं २ मा अगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण र धाँधलीरहित बनाउनका लागि सप्तरीमा करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने दाउपेचमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा आचारसंहिताको घोर उल्लङ्घन भइरहेको छ ।
आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि ३८ हजार ४८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
चितवनबाट चुनाव लड्छु : अध्यक्ष दाहाल