सोमबार निर्वाचन सम्पन्न भएका प्रदेश नं. २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अधिकांश तहको मतगणना मंगलबार बिहानबाट सुरु भएको छ ।
सोमबार भएको प्रदेश नं २ को स्थानीय तह निर्वाचनको मत परिणाम आउन थालेको छ ।
सोमबार भएको प्रदेश नं २ को स्थानीय तह निर्वाचनको मत परिणाम आउन थालेको छ । पहिलो मत परिणाममा माओवादी केन्द्र विजयी भएको छ ।
महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाको प्रारम्भिक मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहेको छ ।
प्रदेश नं २ को तेस्रो चरणको स्थानीय तह निर्वाचन सकिएपछि सप्तरीमा आज(मंगलबार) बिहानदेखि विभिन्न स्थानीय तहको मतगणना शुरु भएको छ ।
प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज(सोमबार) मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरीको औरही नगरपालिकाकी ११६ वर्षीया सर्वसियादेवी यादवले मतदान गर्नुभएको छ ।
प्रदेश नं २ अन्तर्गत सोमबार भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा शताब्दी आयु पार गरेको मतदाताले पनि मतदानमा उत्साहजनक भाग लिएका छन् ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज(सोमबार) प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा मध्याह्न १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ ।
तेस्रो चरणअन्तर्गत आज(सोमबार) बिहान १० बजेसम्ममा करिब ३५ प्रतिशत मतदान भएको छ ।
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य अग्नि खरेलले प्रदेश नम्बर–२ मा भएको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति हुने दाबी गर्नुभएको छ ।
स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लामा बिहान ७ बजेदेखि उत्साहजनक रुपमा मतदान जारी छ । १३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिष्पर्धामा छन् ।
निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सम्पूर्ण मतदाताको मताधिकारको सुनिश्चितता गर्न मतदाता परिचयपत्रको अतिरिक्त अरु वैकल्पिक व्यवस्था गरेको छ ।
भोलि सोमबार हुने प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मत खसाल्न मतदाता आतुर छन् ।