नेपाली काँग्रेसले तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचनका लागि साउन २९ गतेभित्र उम्मेदवारको टुंगो लगाई केन्द्रमा पठाउन जिल्ला पार्टी निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ ।
स्थानीय तहको निर्वाचन हुन बाँकी रहेको २ नम्बर प्रदेशमा तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताएका छन् ।
निर्वाचन आयोगले प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बिहीबार बसेको बैठकले असोज २ गतेका लागि तोकिएको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।
निर्वाचन आयोगले आगामी २ असोजमा हुने प्रदेश नम्बर २ को निर्वाचनको तयारी सुरु गरेको छ । आयोगका अनुसार निर्वाचनका लागि आवश्यक सामग्री १४ असारमै जिल्ला पुर्याइसकेकाले कार्यालय सञ्चालन र निर्वाचन अधिकृत नियुक्त गर्ने काम मात्रै बाँकी छ । आजको नयाँ पत्रिकामा खबर छ । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र मतदानका क्रममा आवश्यक कर्मचारी नियुक्त […]
तेस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सिरहाको गाउँबस्तीमा राजनीतिक दलको घरदैलो अभियानसँगै मतदातासँगको भेटघाट तीव्र भएकोे छ । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पक्षमा चुनावी वातावरण बनाउन नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा, राजपालगायत दल अहिले चुनावी प्रचारप्रसारमा होमिएका […]
असारा १४ गते भएको स्थानीय तहको ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०६ स्थानको मतगणना सकिएको छ । प्राप्त परिणाममा एमाले अग्रस्थानमा छ ।
मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । प्रमुखको पदमा नेकाका कालीप्रसाद दासले पाँच हजार ४७३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
कपिलवस्तुको शिवराज नगपालिकाको उपमेयरमा एमालेले उम्मेदवार बनाएकी २२ वर्षे शिवकुमारी थारुले सानदार विजय हात पारिन् ।
स्थानीय तह निर्वाचनमा झापाको गौरीगन्ज गाउँपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित हासिल गरेको छ ।
रुपन्देहीको एक मात्र बुटवल उपमहानगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसले वडामा खाता खोलेको छ ।
सोलुखुम्बुका एक नगरपालिका र सात गाउँपालिकामा रहेका ५२ वटा वडामध्ये ५१ वटा वडामा जनप्रतिनिधि निर्वाचित भएर विजयोत्सव मनाउँदै पदभार बहाली गरिरहँदा नेचा सल्यान–६ तिंला भने सुनसान भएको छ ।
पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसीको बिजयी बनेका छन् ।
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी भएका छन् । महर्जन नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई पराजित गर्दै ललितपुर महानगरपालिकाको पहिलो मेयर बनेका हुन्।
भरतपुरको पछिल्लो मतपरिणामक आएको छ । यस्तोमा एमालेका उम्मेवार देवी ज्ञवालीले अग्रता स्पष्ट पारेका छन् । तर अव मात्र रोचक प्रतिष्पर्धा सुरु हुने आँकलन गरीएको छ । चितवनको भरतपुर महानगरपालिकामा कसले जित्ला भन्ने खुल्दुली झनै बढेको छ। नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तर्फबाट संयुक्त उम्मेदवार बनेकी रेणु दाहाल यसबेला झण्डै साढे तीन हजार मतले […]
काठमाडौँ महानगरपालिकाको– २९ र ३० वडामा नेपाली काँग्रेसको समूहले नै विजय हात पारेको छ । वडा नं. २९ को वडाअध्यक्षमा कुश ढकाल एक हजार ५४५ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका शिवराज राजबंशीले एक हजार ४९१ मत ल्याउनुभएको थियो । सो वडाको खुला सदस्यमा अर्जुनबहादुर श्रेष्ठ, इन्द्र कर्मचार्य , महिला सदस्यमा […]