
सिराह नगरपालिकाबाट मेयर पदका लागि आपसमा विवाद गरिरहेका सुवासचन्द्र यादव र उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान हुँदा १० जना घाइते भएका छन्। उम्मेदवारको विषयमा दुई नेताबीचको विवाद बढ्दै जाँदा नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा खुकुरी हानाहान भएको हो । जसमा सभासद रामचन्द्र यादव पनि घाइते भएका छन् ।
कांग्रेसले पार्टी कोषाध्यक्ष सीतादेवी यादवका छोरा सुवासचन्द्र यादवलाई मेयरको टिकट दिने निर्णय गरेपछि उपेन्द्र यादव पक्ष असन्तुष्ट बनेको थियो। सुवासचन्द्रलाई टिकट दिइएपछि उपेन्द्रको समूहले जिल्ला पार्टी कार्यालय घेराउ गरेको थियो। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइसकेको र प्रहरीको हस्तक्षेपपछि त्यहाँको अवस्था सामान्य रहेको बताइएको छ।
दुबैले मेयरको टिकट दाबी गरेका थिए, जसका कारण अन्य स्थानीय तहको उम्मेदवार तय भएपनि सिरहा नगरको हुन सकेको थिएन् । सिरहाका चार सांसदले मंगलबार दिनभर प्रयास गरेपनि सहमति जुट्न सकेन । बुधबार विहान भएको छलफलमा डा. सुभाषचन्द्रलाई मेयर र उपेन्द्र यादव समूहबाट उपमेयरको उम्मेदवार तय भयो ।
तर, डा. सुभाषचन्द्रका समर्थक टिकट वितरणमा ढिला गरेको र सबै टिकट आफ्नो पक्षले पाउनु पर्ने भन्दै सभासद रामचन्द्र यादव माथि जाइलागे पछि दुई पक्षविच झडप भएको थियो । जसमा १० जना कार्यकर्ता सहित सांसद यादवपनि घाइते भएका छन् ।