प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सुरु

Date:September 6, 2017

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सुरु

असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि  आज उम्मेदवार मनोनयन हुँदैछ। प्रदेश नम्बर २ का ८ जिल्लामा आज मनोनयन दर्ता हुनेछ। १३६ स्थानीय तहमा तेस्रो चरणमा  निर्वाचन हुँदैछ।

बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता साँझ ५ बजेसम्म  हुनेछ। तेस्रो चरणको निर्वाचनबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि चयन हुँदैछन्। सम्वन्धित गाउँ तथा नगरको केन्द्रमा मनोनयन दर्ता हुनेछ। तेस्रो चरणमा एक महानगरपालिका, तीन उप-महानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका निर्वाचन हुँदैछ।

निर्वाचन आयोगले प्रदेश नम्बर २ मा दुई हजार एक सय ३६ मतदानस्थल कायम गरेको छ। भने, तीन हजार पाँच सय ७८ मतदान केन्द्र छन्। प्रदेश २ मा २६ लाख ६४ हजार ९ सय ५० मतदाता रहेका छन्। बुधबार उम्मेदवार मनोनयनपछि सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयले बुधबार साँझ नै उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गर्नेछ। दाबी विरोधको सूचनाका लागि भदौ २२ गतेसम्मको समय तोकिएको छ। मनोनयन दर्तास्थलमै दाबी विरोधका सूचना दिनु पर्नेछ। २२ गते नै मनोनयनपत्र जाँच हुनेछ।

उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा भदौ २३ गतेसम्मको समय तोकिएको छ। निर्वाचन कार्यालयले भदौ २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह समेत प्रदान गर्नेछ।

तेस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक, भदौ २१ गते उम्मेदवारको मनोनयन


Loading...

Facebook