झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा राप्रपाका नेता राजेन्द्र लिङदेनले विजय हासिल गरेका छन्। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरेका लिङ्देनलाई वाम गठबन्धनको समर्थन थियो।
एमालेका किसानकुमार श्रेष्ठ किसानसँग नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य चुनावमा पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल श्रेष्ठसँग ६४१४ मतान्तरले पराजित भएका हुन् ।
चितवनको क्षेत्र नं २ प्रदेशसभा (१) मा वाम गठबन्धनका उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र)का घनश्याम दाहाल २० हजार ३८१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ ।
नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल प्रदेशसभा सदस्य पदमा जारी चुनावमानै सर्वाधिक कम मतान्तरले पराजित भएपछि विवाद भएको छ। तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल ५ मतको झिनो मतान्तरले पराजित भएका हुन् ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (एमाले)का मेटमणि चौधरीले ३७ हजार ९०८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
भक्तपुर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।
कैलाली क्षेत्र नम्बर ५ की प्रतिनिधिसभा उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा पराजित भएकी छिन् ।
यही मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको १६ जिल्लाको मतगणना सम्पन्न भएको छ ।
बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभामा नेकपा (एमाले)का सुन्दरबहादुर विश्वकर्मा ११ हजार ७७० मत ल्याई विजयी हुनुभएको छ ।
प्रतिनिधिसभामा समानुपातिकतर्फको मत परिणामअनुसार म्याग्दीमा नेकपा(एमाले) पहिलो भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम धमाधम आउने क्रम जारी छ २ सय ३५ निर्वाचन क्षेत्र मध्ये पछिल्लो परिणामअनुसार वाम गठबन्धनले प्रतिनिधिसभामा एमालेले ५१ र माअाेवादीले २१ स्थानमा विजय हासिल गरिसकेका छन्। कांग्रेसले ११ स्थान जितेको छ।
प्रदेशसभा १ (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)की खिनु लङ्वा लिम्बू १८ हजार ६८६ मत ल्याएर विजयी हुनुभएको छ ।
झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका विश्वप्रकाश शर्मालाई पराजित गर्दे रामकार्की विजयी भएका छन् ।
प्रदेशसभा कास्की क्षेत्र नं ३ (क)मा नेकपा (माओवादी केन्द्र)का रामजी बराल निर्वाचित हुनुभएको छ ।