नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन् ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रकी नेत्री बिना मगर भारी मतअन्तरले निर्वाचित हुनुभएको छ ।
महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल विजयी हुँदै लगातार तीनवटा चुनावमा जित्दै ह्याट्रिक गरेका छन् ।
दाङको सबै मतपरिणाम सार्वजनिक भएको छ । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षको परिणाम आइतबार बिहान सार्वजनिक भएको हो । दाङमा तीनवटै प्रतिनिधिसभा सदस्य वाम गठबन्धनले जितेको छ भने प्रदेशसभाको पाँचवटा वाम गठबन्धन र एउटा काँग्रेसले जितेको छ ।
मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनमा औसतमा ६८.६३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको परिणाम सार्वजनिक भएकसँगै समानुपातिकतर्फ मतगणना सुरु भएको छ ।
पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद सुवास नेम्वाङले प्रमुख प्रतिपक्षको सल्लाहबमोजिम नै सरकार अघि बढ्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा सदस्यतर्फ झापाका पाँचवटै र प्रदेशसभा सदस्यतर्फ दशवटै क्षेत्रमा वाम गठबन्धनले जीत हासिल गरेको छ ।
सप्तरी क्षेत्र नं ४ मा नेपाली काँग्रेसका तेजुलाल चौधरी २४ हजार ११३ मत ल्याएर प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८८६ मत प्राप्त गर्नुभयो । सप्तरी २ मा उपेन्द्र यादव विजयी
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताउनुभएको छ ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ७७४ मतले पराजित भएका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएको छ ।
नेपाली काँग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र नं २ का प्रदेशसभा १ का उम्मेद्ववार प्रदीप पौडेलले पुनःमतदानको माग गर्नुभएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा जिल्लाका सबै स्थानमा वाम गठबन्धनले अग्रता कायम राखेको छ ।