देउवा पत्नी आरजु पराजित

Date:December 10, 2017

आरजु देउवा राणा

कैलाली क्षेत्र नम्बर ५ की प्रतिनिधिसभा उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा पराजित भएकी छिन् ।

उनलाई एमालेका नारदमुनि रानाले करिब ५ हजार मतान्तरले पराजित गरेका हुन् । रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी हुन् ।

तेस्रो स्थानमा राजपाका लक्ष्मण थारु छन् । टीकापुर काण्डका अभियुक्त समेत रहेका उनले जेलबाटै उम्मेदवारी दिएका हुन् र ६ हजार ४६४ मत पाएका छन् ।


Loading...

Facebook