
झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका विश्वप्रकाश शर्मालाई पराजित गर्दे राम कार्की विजयी भएका छन् ।
शर्माले हार स्वीकार गर्दै वाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार राम कार्कीलाई जीतको बधाई समेत दिएका छन् । शर्माले सार्वजनिक रुपमै कार्कीलाई माला लगाइदिएका छन् ।
२९ सय १५ मतले कार्कीले शर्मालाई पराजित गरेका हुन्। कार्कीले ३६ हजार १ सय ७३ मत ल्याए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याए। यसअघि कार्कीले संविधान सभाको दोस्रो निर्वाचनमा ताप्लेजुङ बाट पराजित भएका थिए ।