तेस्रोचरण निर्वाचनमा ७७ प्रतिशत मतदान, रौतहटमा ८०.४ प्रतिशत मत

Date:September 19, 2017

आयोग

सोमबार सम्पन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लामा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सोमबार बेलुका प्रारम्भिक तथ्यांक दिए पनि मंगलबार भने सो मात्रामा मत खसेको जनाएको हो ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र मा प्राप्त विवरणअनुसार सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, महोत्तरीमा ७३.३ प्रतिशत, सर्लाहीमा ७६.३ प्रतिशत, रौतहटमा ८०.४ प्रतिशत, बारामा ७९.४ प्रतिशत र पर्सामा ८०.१ प्रतिशत मतदान भएको छ ।

यसैबीच, १३६ स्थानीय तहमध्ये अहिले बिहान १० बजेसम्म ८९ स्थानीय तहमा मतगणना शुरु भइसकेको छ । बाँकी स्थानमा सम्बन्धित स्थानीय तहका राजनीतिक दलसँग समन्वय गरेर मतगणना शुरु गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

मतदाताको अपार सहभागिता : निर्वाचन आयोग


Loading...

Facebook