
प्रदेश नं दुईको एक मात्र महानगरपालिका विरगञ्जको मध्यान्ह १२:३० बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार प्रमुखमा राष्ट्रिय जनता पार्टी (राजपा)ले अग्रता लिएको छ।
राजपाका उम्मेदवारले १२७१ मत ल्याएका छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार १०६३ मत प्राप्त गर्दै पछ्याइरहेका छन्।संघीय समाजवादी फोरमका उम्मेदवारले ५८२ मत ल्याएका छन् भने चौथोमा रहेका नेकपा एमालेका उम्मेदवारले ४६५ मत पाएका छन्। माओवादी केन्द्रका उम्मेदवारले ४४५ मत पाएका छन्।
यस्तै उपप्रमुखमा पनि राजपाकै उम्मेदवारले अग्रता लिएका छन् । राजपाले १२४३ मत ल्याएको छ भने उसलाई कांग्रेसकै उम्मेदवारले पछ्याइरहेका छन्। कांग्रेस उम्मेदवारले ११३४मत प्राप्त गरेका छन्। संघीय समाजवादीका उपप्रमुखका उम्मेदवारले ५६५ मत प्राप्त गरेका छन् भने एमालेका उपप्रमुखका उम्मेदवारले ५३० मत प्राप्त गरेका छन्।