राजविराज १५ मा मण्डलद्वारा उम्मेदवारी दर्ता

Date:September 20, 2017

राजपा

राजविराज नगरपालिका–१५ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट वडाध्यक्षमा जशकरण मण्डलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसअघि राजपाका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएको ६५ वर्षीय महन्थी यादवको भदौं ३१ गते मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार राजपाको तर्फबाट आज मण्डलले मनोनयन दर्ता गराएको हो । सो वडाको निर्वाचन यही असोज ५ गते हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तेस्रो चरण निर्वाचनकालागि ३८ हजार ४८ जनाको उम्मेदवारी दर्ता


Loading...

Facebook