
स्थानीय तहको निर्वाचनअन्तर्गत रौतहटको मौलापुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रिनाकुमारी साह विजयी भएकी छन् ।
उनी ३ हजार ९१२ मतका साथ मेयरमा विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय फोरमका राम एकवाल राय यादवले २ हजार २०८ मत पाएका छन् । साह प्रदेश २ को पहिलो महिला मेयर बनेकी छिन् ।
त्यस्तै माओवादी केन्द्रका गौरीशंकर प्रसाद उपमेयरमा विजयी भएका छन् । उनले ३ हजार ८८९ मत पाएका छन् ।