पतरौता नपाको प्रमुखमा फोरम, उपप्रमुखमा राजपा

Date:September 22, 2017

संघीय समाजवादी फोरम

पतरौता नगरपालिकामा संघीय समाजवादी फोरम नेपालको जित भएको छ ।

संघीय समाजवादी फोरम नेपालका रमेशकुमार यादवले दुई हजार ६८२ मत प्राप्त गरी विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत शम्भुकुमार महतोले जानकारी दिनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवार श्याम गुप्ता रहनुभएको थियो । उहाँले दुई हजार ५३७ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपप्रमुखमा राजपा नेपालकी ईन्दुकुमारी साह विजयी हुनुभएके छ । उहाँले दुई हजार ५४६ मत प्राप्त गर्नुभएको थियो भने संघीय समाजवादी फोरम नेपालकी ललिता कुमारीले दुई हजार ५०९ मत प्राप्त गर्नुभएको थियो ।

प्रदेश दुईमा कांग्रेसको अग्रता कायमै, एमाले पछ्याउँदै राजपालाई संघीय फोरमको चुनौति


Loading...

Facebook