तेस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक, भदौ २१ गते उम्मेदवारको मनोनयन

Date:September 6, 2017

 

निर्वाचन आयोग

निर्वाचन आयोगले प्रदेश नम्बर २ मा हुने  तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बिहीबार बसेको बैठकले असोज २ गतेका लागि तोकिएको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

निर्वाचन आयोगले भदौ २१ गते उम्मेदवारको मनोनयन गर्ने दिन तोकेको छ। उम्मेदवारले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजे देखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न पाउनेछन्। आयोगले भदौ २१ गते नै उम्मेदवारको सूची प्रकाशन गर्नेछ। उम्मेदवार माथि २१ गते उजुरी दिने तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ भने २२ गते उम्मेदवारविरुद्ध परेका उजुरीको छानविन गर्नेछ।

आयोगको कार्यतालिका अनुसार भदौ २३ गते मनोनयन परेका उम्मेदवारका नामावली सार्वजनिक गरिनेछ। उम्मेदवारले नाम फिर्ता लिन चाहेमा २३ गते नै फिर्ता लिन सक्नेछन्। यस्तै भदौ २४ गते आयोगले अन्तिम नामावली सार्वजनिक गर्नेछ भने त्यही दिन उम्मेदवारलाई निर्वाचन चिह्न उपलब्ध गराउनेछ।

आयोगले असोज २ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकेको छ। उक्त दिन प्रदेश नम्बर २ का ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा र पर्सामा निर्वाचन हुनेछ।

प्रदेश नम्बर २ मा निर्वाचन तयारी सुरु


Loading...

Facebook