हिलो हुने निर्वाचित हुने निर्वाचित प्रणालीअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन छ वटा प्रदेशमा दुईतिहाइ बढी स्थानमा विजयी भएको छ ।
बारा निर्वाचन क्षेत्र नं १ को ‘ख’ प्रदेशसभा सदस्य पदमा राजपा नेपालका सरोजकुमार यादव १४ हजार २६९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
कैलाली क्षेत्र नम्बर १ बाट प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका रेशम चौधरी विजयी भएका छन्।
म्याग्दीका विनोद केसी प्रदेश नं ४ मा प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कम उमेरका सांसद बन्नुभएको छ ।
मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२ हजारभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा पाँचौँपटक विजयी हुनुभएको छ । विसं २०४८ र २०५१ सालको निर्वाचनमा उहाँले नेपाली काँग्रेसका तोयानाथ भट्टराईलाई पराजित गर्नुभयो भने विसं २०५६ को निर्वाचनमा नेपाली काँग्रेसका बेनुपराज प्रसाईंसँग पराजित हुनुभयो । संसद् पुनःस्थापना भएपछि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा […]
प्रदेशसभा क्षेत्र नं १ मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका प्रकाश रावल १२ हजार ८१७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गर्नुभएको छ । सोही निर्वाचन क्षेत्रको (ख) प्रदेशसभाका वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनारले १३ हजार ७०० मत प्राप्त […]
कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का उम्मेदवार डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
सिरहाको प्रदेशसभा क्षेत्र नं १ (ख) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का अशोककुमार यादव ११ हजार ११० मतसहित विजयी हुनुभएको छ ।
महोत्तरी क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका डा सुरेन्द्र यादव विजयी हुनुभएको छ ।
काभ्रेपलाञ्चोकको सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा निर्वाचनमा ‘ह्याट्रिक’ गर्नुभएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १५७ सिटको नतिजा सार्वजनिक भएको छ ।
कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा रोचक बन्दै गएको छ । नेपाली कांग्रेसका रमेश लेखकलाई पछाडि पार्दै एमालेका दीपकप्रकाश भट्टले अग्रता बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार भट्ट लेखकभन्दा १ सय ७८ मतले अगाडि छन् ।