कांग्रेसका रमेश लेखकको यात्रा पनि कठिन बन्दै

Date:December 12, 2017

कांग्रेसका रमेश लेखकको यात्रा पनि कठिन बन्दै

कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा रोचक बन्दै गएको छ । नेपाली कांग्रेसका रमेश लेखकलाई पछाडि पार्दै एमालेका दीपकप्रकाश भट्टले अग्रता बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार भट्ट लेखकभन्दा १ सय ७८ मतले अगाडि छन् ।

निर्वाचन कार्यालयले दिएको पछिल्लो विवरण अनुसार एमालेका भट्टरले २३ हजार ७ सय १६ मत पाएका छन् भने कांग्रेसका लेखकले २३ हजार ५ सय ३८ मत पाएका छन् । कञ्चनपुर ३ मा कुल ८७ हजार १ सय ८२ मतदाता भए पनि ५६ हजार ७ सय ३० मात्र मत खसेको छ । अब करिब पाँच हजार मत मात्र गणना गर्न बाँकी  छ ।

अझै भिमदत्त नगरपालिकाका १२, १३, १४ र १६ वडाको मतगणना गर्न बाँकी छ । यी चार वडामा समेत मिश्रित मत आउने देखिन्छ ।


Loading...

Facebook