सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार निर्वाचित भएका छन्।
सुनसरी क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका अगमलाल चौधरी विजयी हुनुभएको छ ।
कैलाली निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का झपटबहादुर रावल २५ हजार १५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । गएराति घोषणा गरिएको निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजाअनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोहनसिंह राठौरले २३ हजार ३१३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विजयी रावलले केही वर्षअघि राठौर मन्त्री हुँदा उहाँका […]
स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी पदमा अर्याल विजयी हुनुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा फरक पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई मतदाताले अस्वीकार गरिदिएका छन् ।
स्याङ्जा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका उम्मेदवार दिपक थापा निर्वाचित हुनु भएको छ ।
सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अमरेशकुमार सिंह विजयी भएका छन् ।
स्याङ्जा–१ प्रदेशसभा ‘ख’ बाट एमालेका जिल्ला अध्यक्ष मीनप्रसाद गुरुङ विजयी हुनुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत पाँचथरमा नेकपा (एमाले) ले सबैभन्दी बढी मत प्राप्त गरेको छ ।
मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कपिलबस्तु जिल्लामा खसेको मतमध्ये २७ हजार ६१७ मत बदर भएको छ ।
सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार अगाडी हुनुभएको छ ।
मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।
प्रत्यक्षतर्फ एउटा प्रदेशसभा जितेको गोरखाको नेपाली काँग्रेस समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । एक लाख २३ हजार ७७६ मत खसेकामा काँग्रेसले ३५ हजार ४१९ मत ल्याएको छ ।
स्याङ्जा–१ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका नारायणप्रसाद मरासिनी विजयी हुनुभएको छ ।