जनताले आफ्नो शक्ति चिन्न नसक्दा र सहि सदुपयोग गर्न नसक्दा देश धेरै पटक दुर्घटनामा परेको छ।शक्तिको सहि उपयोग गरि देश बिकासमा जुट्नु जरुरी छ।
किशोर सुबेदी
बिचार स्वतन्त्रतालाई निषेध गर्ने हो भने निर्वाचन होईन बिद्रोहको बाटो रोज्नु पर्ने हुन्छ। के हामीलाई त्यहि बाटो तर्फ धकेल्न खोजेको हो?
कमल थापा
चुनावमा के एजेण्डा बोकेर जानेभन्ने निर्णय राजनीतिक दलले गर्ने हो।निर्वाचन आयोगले दलको एजेण्डा निर्धारणगर्दा जनताको निर्णायकत्व कुण्ठित हुन्छ ।
कमल थापा
सरकारि मधेशी मोर्चा ले सप्तरि घट्ना को नैतिक जिम्मैबारि लिनु पर्छ। मोर्चा सत्ता साझेदार दल हो।
राजेश अहिराज
अधिकार प्राप्तिको अभियान निचोडमा पुर्याउ, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना।
ओनसरी घर्ति, सभामुख
मधेशी मोर्चाले स्वीकार्नुपर्छ- गोली हानी मान्छे मार्नु जति अपराध हो, भाटा बोकेर अर्काको कार्यक्रम बिथोल्न जानु पनि त्यसअघिको अपराध थियो...
माधब ढुंगेल, पत्रकार
विवेक 'बन्धकी' राखेका केही राजनीतिक व्यवसायी, अधिकारकर्मी, पत्रकार र नागरिक अगुवाले विष वमन नगरिदिए सामाजिक सद्भावमा धेरै टेवा पुग्ने थियो।
गनी अन्सारी