| पार्टी | राष्ट्रिय जनता पार्टी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | सिरहा |
| क्षेत्र नं. | ४ |
| प्राप्त मत | 21144 |
राजपा नेता राजकिशोर यादव सिरहा क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका यादव २१ हजार १४४ मतसहित निर्वाचित भएका हुन् ।
यादवले निकटतम प्रतिस्पर्धी माओवादीका अजयशंकर नायकलाई ३ हजार ५ सय ६९ मतअन्तरले हराए । यादवका निकटतम प्रतिस्पर्धी एवम् पूर्व कानुनमन्त्री नायकले १७ हजार ५ सय ७५ मत पाएका छन् ।