| पार्टी | नेपाली कांग्रेस |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | काठमाडौं |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 10936 |
बहुचर्चित काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी विवेकशील–साझाका उम्मेदवार रविन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्र ८ सय १८ मतअन्तरले पराजित भएका हुन् । सिंहले १० हजार ९ सय ३६ मत पाए भने मिश्रले १० हजार १ सय १८ मत पाए । वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाए ।
मिश्रले दिए बधाई
काठमाडौं क्षेत्र नम्बर १ मा सिंहका प्रतिस्पर्धी विवेकशिल साझा पार्टीका उम्मेदवार रविन्द्र मिश्रले सिंहलाई बधाई दिएका छन् । चुनावी नतिजा सार्वजनिक भएलगत्तै मिश्रले फोन गरी सिंहलाई बधाई दिएका हुन् ।