| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधि सभा |
| प्रदेश | |
| जिल्ला | ललितपुर |
| क्षेत्र नं. | ३ |
| प्राप्त मत | 24036 |
क्षेत्र नं. मा वामगठबन्धनबाट माओवादी प्रबक्ता पम्फा भुसाल विजयी भएकी छन् ।
भुसालले कंग्रेसका मदनलाल अमात्यलाई पराजित गर्दै विजयी भएकी हुन् । उनले २४ हजार ३६ मत ल्याइन् ।उनका प्रतिस्पर्धी अमात्यले २२ हजार ३२९ मत ल्याएका छन् ।
दोस्रो पटक यस क्षेत्रबाट विजयी भएकी भुसाल यसअघि विसं २०६४ मा भएको संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएकी थिइन्।
भुसाल लामो समयदेखि ललितपुर क्षेत्रमा बसोबास गर्दै आएकी छिन्। तत्कालीन नेकपा(माओवादी) सरकारमा हुँदा उहाँ तीन पटक मन्त्री भइसकेकी छिन्।