| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | ४ |
| जिल्ला | स्याङ्जा |
| क्षेत्र नं. | २ |
| प्राप्त मत | 35142 |
स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी पदमा अर्याल विजयी हुनुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय सदस्य अर्यालले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ३,७०६ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।
क्षेत्र नं २ मा कुल ६९ हजार ४८२ मत खसेकोमा वाम गठबन्धनकी विजयी उम्मेदवार अर्यालले ३५ हजार १४२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस केन्द्रीय सदस्य श्रेष्ठले ३१ हजार ४३६ मत ल्याउनुभयो ।