| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | ३ |
| जिल्ला | भक्तपुर |
| क्षेत्र नं. | २ |
| प्राप्त मत | 36413 |
नेकपा एमालेका नेता महेश बस्नेत प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेत सांसदमा निर्वाचित बन्नुभएको हो ।
कांग्रेस नेता तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै बस्नेतबन्नुभयो बस्नेतले झण्डै दोब्बर मतान्तरले ढुंगानालाई पराजित गर्नुभयो । बस्नेतले ३६ हजार ४१३ मत प्राप्त गर्दा ढुंगानाले १८ हजार ६३५ मत पाउनुभयो।
नेकपा एमालेका युवा नेता महेश बस्नेत ०७० सालको चुनावमा तेस्रो भएका थिए।
०५४ सालमा गुण्डु गाविसको अध्यक्ष निर्वाचित भएका बस्नेत त्यो बेला देशभरिकै कान्छा अध्यक्ष थिए । उनी युवा संघको केन्द्रीय सदस्य र कोषाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्ष हुँदा चर्चामा आए ।
युवा संघ अध्यक्ष रहेकै बेला सुशील कोइराला सरकारमा उनलाई उद्योगमन्त्री बनाइएपछि भक्तपुरमा उनले चुनाव लक्षित काम गरे ।