| पार्टी | राष्ट्रिय जनता पार्टी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | सर्लाही |
| क्षेत्र नं. | २ |
| प्राप्त मत | 29191 |
राजपाका नेता महेन्द्र यादव सर्लाही क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको छ ।उहाँ २९ हजार १ सय ९१ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो ।निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जङिलाल रायले १८ हजार ९ सय ७६ मत प्राप्त गर्नुभयो ।
०३७ सालबाट नेकपा विष्णु मानन्धर समूशबाट राजनीतिमा लागेका यादव एमालेबाट मन्त्रीसम्म भए । तर, पहिलो संविधानसभा चुनाव अगाडि महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी गठन हुँदा उनले एमाले छाडे ।
पहिलो संविधानसभामा समानुपातिक सभासद भएका उनले आफ्नै नेतृत्वमा तराई मधेस सद्भावा पार्टी बनाए । दोस्रो संविधानसभामा सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित भए । उनले सद्भावना पार्टीका राजेन्द्र महतोलाई हराएका थिए ।
मधेस केन्द्रित ६ दल मिलेर राजपा गठन भएपछि यादव अध्यक्ष मण्डलका सदस्य छन् ।