| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | मोरङ |
| क्षेत्र नं. | ६ |
| प्राप्त मत | 33941 |
नेकपा एमालेका चर्चित नेता हुन् लालबाबु पण्डित । सर्लाहीमा जन्मेर मोरङलाई कर्मथलो बनाएका नेता लालबाबु पण्डित प्रतिनिधिसभा मोरङ क्षेत्र नं. ट बाट विजयी हुनुभएको छ ।
मजदुर एवं ट्रेड युनियन पृष्ठभूमिबाट एमालेको नीति निर्माण तहमा पुगेका नेता पण्डित ०५१ साल र ०५६ सालको प्रतिनिधिसभाका सांसद हुनुहुन्थ्यो ।
पछिल्ले समय उहाँ सामान्य प्रशासन मन्त्री बनेपछि ह्वात्तै चर्चामा आउनुभयो । सामान्य प्रशासन मन्त्री भएका बेला भ्रष्टाचारको विरोध गर्नुका साथै डीभीरपीआर लिएका कर्मचारीलाई सरकारी सेवाबाट हटाउने अभियानका कारण उनी चर्चित बने । उनकै कारण डीभी होल्डर सरकारी कर्मचारीले जागिर खान नपाउने कानूनी व्यवस्था प्रारम्भ भयो ।
आगामी मंसिर २१ गते हुने चुनावमा एमाले नेता पण्डितले मोरङ- ६ मा नेपाली कांग्रेसका अर्का चर्चित नेता डा। शेखर कोइरालासँग प्रतिस्पर्धा गर्दैछन् । डा. कोइरालालाई लोकतान्त्रिक फोरम लगायत लोकतान्त्रिक गठबन्धनको समर्थन रहेको छ भने पण्डितलाई माओवादीलगायत वाम गठबन्धनको समर्थन छ ।