| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | ३ |
| जिल्ला | मकवानपुर |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 40631 |
मकवानपुर क्षेत्र नम्बर १ बाट कमल थापालाई हराउँदै एमाले उम्मेदवार कृष्ण दाहाल निर्वाचित हुनुभएको छ । दाहालको मकवानपुरबाट यो तेस्रो जित हो ।
अन्तिम निर्वाचन परिणामअनुसार दाहालको ४० हजार ६ सय ३० मत छ भने थापाले ३४ हजार ५ सय ५८ मत पाउनुभयो ।
२०३७ सालको विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका दाहाल०४८ र ०५६ सालको निर्वाचनमा उनी सांसदमा निर्वाचित भएका थिए भने ०५१ सालको मध्यावधि चुनावमा भने कमल थापासँग हारेका थिए ।
०४३ मा तत्कालीन ठिंगन गाविसका जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका दाहालले एमाले मकवानपुरमा चार कार्यकाल नेतृत्व गरेका छन् । उनले ०५४ देखि ०६६ सम्म निरन्तर एमाले मकवानपुरको नेतृत्व सम्हालेका थिए ।