| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | ५ |
| जिल्ला | दाङ |
| क्षेत्र नं. | २ |
| प्राप्त मत | 40042 |
दाङ क्षेत्र नं २ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा भारी मत अन्तरले विजयी हुनुभएको छ । महराले काँग्रेसका पूर्वसांसद राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराउनुभएको छ । महराले ४० हजार ४२ मत पाए भने खनालले २५ हजार ८९७ मत प्राप्त गर्नुभएको थियो । महरा पहिलो संविधानसभा निर्वाचन २०६४ मा दाङ क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो ।
महरा माओवादीबाट पटक पटक मन्त्री भइरहने भाग्यमानी नेता हुन् । माओवादी शान्ति प्रक्रियामा आएपछि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वमा बनेको अन्तरिम सरकारमा पहिलोपटक उनी मन्त्री बने । त्यतिबेला सूचना तथा सञ्चार मन्त्रालय सम्हालेका उनले ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा पनि फेरि सूचना तथा सञ्चार मन्त्रालय नै पाए ।
०६७ मा गृहमन्त्री भएका उनी ०७३ मा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा उपप्रधानसहित अर्थमन्त्री बने । प्रचण्ड पछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उनले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मा पाए ।
वाम गठवन्धनपछि जिम्मेवारी खोसिएका बेलामा पनि उनी विनाविभागीय मन्त्री छन् ।माओवादी अध्यक्ष प्रचण्डको दाहिने हात मानिने महरा ०६४ को पहिलो संविधानसभा निर्वाचनमा दाङबाट र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा रोल्पाबाट सभासद निर्वाचित भए ।