| पार्टी | संघीय समाजवादी फोरम |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | पर्सा |
| क्षेत्र नं. | ३ |
| प्राप्त मत | 15168 |
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल गठबन्धनका संयुक्त उम्मेदवार हरिनारायण प्रसाद रौनियार निर्वाचित भएका छन् ।
उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्वमन्त्री एवम् पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरीलाई १ हजार ३ सय ५९ मतको अन्तरले पराजित गरेका छन्।
रौनियारले १५ हजार १ सय ६८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका चौधरीले १३ हजार ८ सय १ मत ल्याएका छन्। त्यस्तै वाम गठबन्धनका संयुक्त उम्मेदवार नेकपा एमालेका पूर्व सांसद राजकुमार गुप्ताले १० हजार ९ सय ८६ मत प्राप्त गरेका छन्।