पार्टी नेपाली कांग्रेस
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला काठमाडौं
क्षेत्र नं.
प्राप्त मत 21558

गगन थापा: Gagan Thapa

काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस नेता गगन थापा विजयी भएका छन् । उनले एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४ सय १८ मतले पछि पार्दै विजयी भएका हुन् ।

थापाले २१ ह्जार ५ सय ५८ मत पाए । उनका प्रतिस्पर्धी भट्टराईले १८ हजार १ सय ४० मत पाए ।निकै चासो र चर्चाको क्षेत्रको रुपमा हेरिएको यो ठाउमा सुरुवाती अग्रता भट्टराईले लिएपनि पछी गगन अगाडी आएका थिए |

Poltical Descreption and Achievements

 

पूर्वस्वास्थ्यमन्त्री गगन थापा काठमाडौं ४ बाट दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । ०६४ मा समानुपातिक सभासद बनेका थापा ०७० मा काठमाडौं ४ बाट फराकिलो मतान्तरमा बिजयी भएका थिए । उनी यसबीचमा संसदको कृषि तथा जलस्रोत समितिको सभापति र स्वास्थ्यमन्त्री भए ।

सोलुखुम्बुमा जन्मिएका थापा काठमाडौं मैतिदेवीका स्थायी बासिन्दा हुन् । नेविसंघबाट राजनीति शुरु गरेका थापा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदै नेविसंघको महामन्त्रीसम्म बने । जनआन्दोलनका बेला कांग्रेसभित्र गणतन्त्रको आवाज उठाएर चर्चामा आएका थापा मिडियाको राम्रो साथ पाएका थोरै युवा नेताहरुमा पर्छन् ।

कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थापा १३ औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेर शंशाक कोइराला र अर्जुननरसिंह केसीसँग पराजित भए । उनलाई सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनित गरेका छन् ।


Loading...

Facebook