| पार्टी | अन्य |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | ५ |
| जिल्ला | प्यूठान |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 47514 |
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन् ।
पौडेलको जितसंगै प्रतिनिधि सभामा राजमोले प्यूठानबाट खाता खोलेको छ ।
पौडेलले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. गोविन्दराज पोखरेललाई १६ हजार दुई सय २८ को फराकिलो मतअन्तरले हराउँदै जित दर्ता गरिन् । पौडेलले ४७ हजार पाँच सय १४ मत पाएकी छन् भने उनका निकटम प्रतिद्वन्द्वी पोखरेलले ३१ हजार दुइ सय ८६ मत ल्याए ।
जिल्लाका मुख्य ठूला दल एमाले र माओवादी केन्द्रकी साझा उम्मदेवार पौडेल जिल्लाबाट पहिलो पटक निर्वाचित महिला सांसद भएकी छन् । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका ‘सिईओ’ पदबाट राजीनामा दिएर पोखरेल निर्वाचनमा उठेका थिए ।