| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | ५ |
| जिल्ला | रूपन्देही |
| क्षेत्र नं. | २ |
| प्राप्त मत | 44009 |
एमालेका विष्णु पौडेलले रुपन्देहीबाट ह्याटिक गरेका छन् ।
उनले लगातार तीन वटा निर्वाचन रुपन्देहीबाट जितेका छन् । यस पटक पौडेलले भारी मत अन्तरले विजयी हासिल गरे । उनले २२ हजार ६३ मत अन्तरले विजयी हासिल गरेका छन् । पौडेलले ४४ हजार ९ मत प्राप्त गरेर विजयी भए।
उनका प्रतिस्पर्धी कांग्रेसका युवराज गिरीले २१ हजार ९ सय ४६ मतमा चित्त बुझाउनु परेको छ । विगतमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई समेत भारी मत अन्तरले पराजित गरेका पौडेलले यस पटक कांंग्रेसका स्थानिय नेता युवराज गिरीलाई पराजित गरेका हुन ।
रुपन्देहीको २ नम्वर क्षेत्रबाट प्रतिनिधि सभाका लागि चयन भएका पौडेलले यस अघि रुपन्देहीबाट ०६४ र ०७० सालको निर्वाचनमा विजयी भएका थिए ।