| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | जाजरकोट क्षेत्र |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 32281 |
जाजरकोटमा प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत फराकिलो अन्तरले विजयी भएका छन् ।
बस्नेतले कांग्रेसका उम्मेदवार राजीवबिक्रम शाहलाई पराजित गरेका हुन् । बस्नेतले ३२ हजार २८१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत ल्याएर पराजित भएका छन् ।
बस्नेतले विद्यार्थी संगठन हुँदै कम्युनिष्ट पार्टीको राजनीतिक यात्रा सुरु गरेका हुन् ।माओवादी युद्धपहिले बस्नेत संयुक्त जनमोर्चाको सक्रिय राजनीतिमा थिए । माओवादी जनयुद्ध सुरु हुनुपूर्व उनी संयुक्त जनमोर्चा जाजरकोटको सचिव थिए ।
शान्ति प्रक्रियापछि ०६४ को संविधानसभा चुनावमा बस्नेत समानुपातिक बनेका बस्नेत माओवादी अध्यक्ष प्रचण्डका निकट पात्रका रुपमा रहे । पार्टी अध्यक्ष प्रचण्डको सहयोगीका रुपमा काम गरेका बस्नेत माओवादीका केन्द्रका अस्थायी समिति सदस्य हुन् ।
०७० को दोस्रो संविधानसभाको चुनावमा बस्नेत जाजरकोट क्षेत्र नं १ बाट प्रत्यक्षतर्फबाट निर्वाचित भएका हुन् ।एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गृहमन्त्री समेत भए ।