लमजुङको दोर्दी गाउँपालिकाको १ मा कांग्रेसको प्यान विजयी

Date:May 15, 2017

लमजुङको दोर्दी गाउँपालिका १ भारतेमा कांग्रेसको प्यानलै विजयी भएको छ ।

निर्वाचन अधिकृत यादव प्रसाद पौडेलका अनुसार वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका दरजङ गुरुङ विजयी भएका छन् । उनले ६ सय ३४ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्धन्दी एमालेका ओम बहादुर गुरुङले ३ सय ३७ मत प्राप्त गरे । यस्तै कांग्रेसका महिला सदस्यमा इन्द्रिरा गिरी, दलित महिला सदस्य शान्ता विश्वकर्मा र खुल्ला सदस्यमा हरि बहादुर थापा, दिपक अधिकारी सहित प्यानल विजयी भएको हो ।


Loading...

Facebook