कीर्तिपुरकाे वडा नम्बर १ मा एमालेकाे प्यानल विजयी

Date:May 15, 2017

कीर्तिपुर  नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।

वडाध्यक्षमा हर्ष महर्जन विजयी भएका छन् भने दुई वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यसहित पाँचै पदमा एमाले विजयी भएको हो।

नगरपालिकाको मेयरमा पनि एमालेका रमेश महर्जनले अग्रता लिइरहेका छन्।


Loading...

Facebook