ललितपुर महानगरपालिका १ मा कांग्रेस विजयी

Date:May 15, 2017

ललितपुर महानगरपालिका वडा नं. १ मा कांग्रेस विजयी भएको छ । कांग्रेसका निर्मल तण्डुकार ६९२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी एमालेका रमेश महर्जनले ५३० मत प्राप्त गरे भने माओवादी केन्द्रका अर्जुन तण्डुकारले २८१ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा कांग्रेसकी सुशीला सिजापती, कृष्ण महर्जन र हरिहर तण्डुकार र दलित महिला सदस्यमा विना कुमारी पोडे यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन् ।


Loading...

Facebook