नवलपरासीको मतपत्र भक्तपुरमा, निर्वाचन आयोगको गम्भीर त्रुटी

Date:May 14, 2017

भक्तपुरमा नवलपरासीको मतपत्र भेटिएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ६ स्थित नगरकोट गाविसकाे पुरानो भवनमा रहेको मतदान केन्द्रमा नवलपरासीको मतपत्र भेटिएको हो।

नेमकिपाका वडा नम्बर ६ का उम्मेदवार कुमार थिङले २० मत खसिसकेपछि नेमकिपाको चुनाव चिन्ह मादल नभेटिएपछि नवलपरासीको मतपत्र भक्तपुर आएको भेटिएको जनाएका हुन् ।

नेमकिपाका सचिव प्रेम सुवालले नवलपरासीको मतपत्र कसरी भक्तपुर आयो भन्नेबारे छानविन गर्नु पर्ने माग गर्नु भएको छ। सुवालले भक्तपुरमा नवलपरासीको मतपत्र आउनुमा निर्वाचन आयोगको गम्भीर त्रुटी भएको बताउनु भयो।

नवलपरासीको मतपत्र भेटिएपछि उक्त मतपत्र भने निर्वाचन अधिकृतहरुले त्यसलाई छुट्याएर राखेका छन्।


Loading...

Facebook