
सुनसरी क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका अगमलाल चौधरी विजयी हुनुभएको छ ।
आज(बुधबार) बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेकपा (एमाले)का रामदेव यादवलाई तीन हजार ८६१ मतले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो ।
चौधरीले २१ हजार ४२९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी यादवले १७ हजार ५६८ मत प्राप्त गर्नुभएको छ ।