| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | नुवाकोट |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 36473 |
नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रामशरण महतलाई हराउँदै वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी हुनुभएको छ ।
तामाङ नेपाली कांग्रेसका नेता रामशरण महतलाई ८ हजार ५ सय ५३ मतले हराउँदै विजयी बन्नुभयो। हितबहादुर तामाङले ३६,४७३ मत ल्याउँदा महतले २७ हजार ९ सय २० मत ल्याउनुभयो।महतले २०५१ सालपछि पहिलो पटक नुवाकोटमा पराजित बन्नुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य हितवहादुर तामाङ पहिलो संविधानसभामा एक सय मतको अन्तरमा पराजित भए । यसपटक पनि नुवाकोट क्षेत्र नम्बर १ बाट डा। महतसँगै प्रतिस्पर्धामा छन् । एकपटक युवा तथा खेलकुद मन्त्री भइसकेका तामाङ जनयुद्धका कमाण्डर पनि हुन् ।