| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | महोत्तरी |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 23776 |
महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल विजयी हुँदै लगातार तीनवटा चुनावमा जित्दै ह्याट्रिक गरेका छन् ।
पोखरेलले २३ हजार ७७६ मत ल्याउँदै विजयी भएका हुन् । उनले निकटम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका लक्ष्मी महतोलाई ४२८४ मत अन्तरले पराजित गरेका हुन् । महतोको पक्षमा १९ हजार ४९२ मत परेको छ ।
हालका विनाविभागीय मन्त्री समेत रहेका पोखरेल यसअघि पहिलो संविधानसभा ०६४ र दोस्रो संविधानसभा ०७० मा पनि निर्वाचित भएका थिए ।